वीरगन्ज । अपन राधेमाई युवा क्लबले वीरगन्ज -१३ राधेमाई मन्दिरमा आउने सम्पूर्ण भक्तजनहरुमा शरबत वितरण गरेको छ । हिन्दूहरुको महान चाड पर्व दशैको शुभ पावन अवसरमा वीरगंज महानगर पालिकाको वार्ड नं २२ मनियारी टोलबाट हजारौं श्रद्धालुहरुको संख्यामा आएको कलश यात्रामा पनि कल्बका युवाहरुले सर्वत वितरण गरेका छन् । निकालिएको कलश यात्रा मनियारी प्रसौनी राधेमाई हुँदै बारा जिल्लाको फेटा गाउँपालिका अवस्थित रहेको प्रख्यात नदी त्रिवेणीबाट जल भरिएको हो । माता दुर्गालाई ध्यानमा राखी नौ दिनको नवरात्रीलाई विशेष प्राथमिकता दिएर हरेक दिन अलग अलग रूपमा माता दुर्गालाई पुजने गरिन्छ। कार्यक्रमलाई सफल पार्नु हुने सम्पूर्ण सदस्यलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग यस क्लबले पाउने छ भने विश्वस्त रहेको कुरा क्लबका अध्यक्ष पवन यादवले बताउनु भएको हो।


कार्यक्रमलाई पुरै व्यवस्थापन गर्ने जिम्मा क्लबका महासचिव बिनय कुमार कुशवाहा लाई दिएको थियो । यस कार्यक्रममा क्लबका अध्यक्ष पवन यादव , महासचिव बिनय कुमार कुशवाहा , सचिव अमित यादव , सह- सचिव सन्दिप कुशवाहा , संयोजक सर्वजित सहनी, सूचना प्रमुख चन्दन प्रजापति ,सदस्यमा पृथ्वी साह,दिपेश चौरसिया, पशुराम साह,आदित्य राज गिरी,पपु कुमार राउत को सहकार्यमा यस कार्यक्रमलाई सफल बनाइएको हो।