वीरगन्ज । पर्साको दुई वटा गाउँपालिकामा प्रमुख प्रसाशकिय अधिकृत नहुँदा गाउँपालिका अधिकृत बिहिन भएको छ । जिल्लाको धोबिनी र पकाहामैनपुर गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृतहरुको सरुवा भएको पछी गाउँपालिकाको काम काज थप भएको छ ।
जनताहरूको काम काज र बिकास निर्माणको काम हरु रोकिएकोले पालिकामा विभिन्न प्रकारका समस्या देखिएको छ। धोबिनी गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महम्द नावाज हुसेनको सरुवा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र पकहामैनपुर गाउँपालिकामा कार्यरत राज कुशवाहाको सरुवा जिल्ला समन्वय समिति पर्सामा भएको छ । नवाज हुसेन र कुशवाहाको सरुवा संगै गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत बिहिन बनेको छ ।
राजनितीक खिचातानी र जनप्रतिनिधिकोको भागभन्डा आपसी बिवादको कारण प्रमुख प्रसाकिय अधिकृतहरु गाउँपालिकामा बस्न समस्या देखिएको छ। अहिले सम्म संघिय मामिला तथा समान्य प्रसाशन मान्त्रालयबाट नयाँ प्रमुख प्रसाशकिय अधिकृतहरु नआएका कारण दुईटै गाउँपालिकाको जनताहरुको काम काज र बिकास निर्माणको काम थप भएकोले स्थानियहरुमा समस्या देखिएको छ।