वीरगन्ज । वाणिज्य कार्यालय वीरगञ्जको नेतृत्वमा आज खुद्रा फलफूल पसलमा अनुगमन गरिएको छ । खुद्रा व्यापारीहरुले भन्सार छलेर फलफूल निर्यात गर्दा वीरगञ्जका थोक फलफूल विक्रेतालाई समस्या हुनथाले पछि थोक बिक्रेताले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा आज वजार अनुगमन गरिएको छ ।
पसल तथा साईकल, ठेलामा बिक्री वितरण गर्ने सँग खरिद बिल अनुगमनको क्रममा भेटिएको थिएन । वाणिज्य कार्यालय पर्साको नेतृत्वमा निस्केको अनुगमन टोलिमा सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार गुल्मा प्रमुख देवेन्द्र बहादुर सिंह, जिल्ला प्रशासन कार्यालयका ब्रमदेब यादब, उद्योग वाणिज्य संघ वीरगञ्जका मनोज दास, नेपाल फलफूल व्यवसायीसंगका अध्यक्ष सुरेन्द्र प्रसाद लगायतको उपस्थित रहेको थियो ।