वीरगञ्ज । प्रदेश सरकारको समन्वयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नको लागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको छ । मंगलबार मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय वीरगञ्जमा अनलाइन प्रणाली कार्यान्वयनमा लाएकोे हो ।प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालय वीरगञ्जमा यो सेवा लागू गरिने यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमल गौतमले जानकारी दिए । सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।


सरकारले लाइसेन्स प्राप्तिको प्रणाली अनलाइन गरेको बताए पनि अझै बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलको लागि भने कार्यालय वा तोकिएको ठाउँमा उपस्थित हुनुपर्नेछ । प्रणाली पूर्ण रुपमा कार्यान्वयन भएपछि सेवाग्राहीले लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाएको गौतमले बताए । कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन यातायात व्यवस्था विभागले साबिकको प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणाली सञ्चालनमा ल्याएको हो ।
स्तरोन्नती गरिएको नयाँ विद्युतीय सेवा प्रवाह प्रणालीबाट चाडै नै सवारी चालक अनुमतिपत्रका लागि आवेदन गर्ने, स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त गर्ने, राजस्व भुक्तानी गर्ने लगायतका सेवा प्रवाहलाई विद्युतीय माध्यमबाट नागरिकको घर दैलोमा पुग्नेछन् । आज आयोजना गरिएको सेवा शूरुआत कार्यक्रममा बिभाग र सर।ेकारवाला क्षेत्रका बिभिन्न ब्यक्ति,हरुको सहभागिता रहेको थियो । यो सेवा पछि अनावश्यक रुपमा सेवाग्राहीलाई बिचौलियाले सृजन गर्ने झन्झटबाट उन्मुक्ती मिल्ने बताइन्छ ।