कलैया, बैशाख २१


कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण बढेसँगै बारा जिल्लामा पनि अनिश्चितकालिन निषेधाज्ञा बैशाख २३ गते देखि लगाईएको छ ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र उपमहनगरपालिका, नगरपालिक , र गाउँपालिका प्रमुखहरु बीच मंगलबार भएको संयुक्त बैठकले बैशाख २३ गते बिहान ६ बजेबाट लागु हुने गरी अनिश्चितकालिन निषेधाज्ञा लागु गरिएको छ ।जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी गरेका हुन् ।जारी आदेशानुसार अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्यका मापदण्ड अपनाई मात्र निस्कन निर्देश गरिएको छ । दैनिक उपभोग्य वस्तुको बिक्रीका लागि सम्बन्धित स्थानीय तहले तोकेका ठाउँमा भिडभाड नगरी संन्चालन गर्नुपर्ने जारी आदेशमा उल्लेख छ । साथै, हाटबजार, मेला , जात्रा, जस्ता भिडभाड हुेने कार्यक्रम सन्चालनमा रोक लगाइएको छ । मालपोत कार्यालयमा जग्गा रोक्का र फुकुवा गर्ने कार्य स्वास्थ्यका मापदण्ड पालना गरी पूर्ण सावधानी अपनाई मात्र गर्न सकिने आदेशमा उल्लेख छ । साथै सम्पूर्ण निजी र सार्वजनिक सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।