बीरगंज,बैशाख २१
पर्सा जिल्लाको छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज गुप्ताको सक्रियतामा ८ बेडको अस्थाई आईसोलेशन वार्ड निर्माण भएको छ । गाँउपालिकाको वडा नम्बर २ टोल सेढामा ८ बेडको आइसोलेसन् वार्ड निर्माण भएको गाँउपालिका प्रमुख गुप्ताले बताए । उहाँले एन्टिजेन परिक्षणमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएकालाई आईसोलेशनमा राखेर उपचार गरिने । कोभिड बिरामीको उपचारमा समस्या नहोस भनेर गाँउपालिकामै सुबिधा सम्पन्न आईसोलेशन बनाइएको बताए ।