बीरगंज, बैशाख २१
पर्सा जिल्लाको पकाहामैनपुर गाँउपालिका वडा नम्बर २ मधुबनी चौक पोखरीको डिलमा रहेको पसलमा आगलागि हुदाँ २ पसल जलेर नष्ट भएको छ । आज दिउँसो भएको करिब ३:३० बजेको समयमा भएको आगलागिबाट वडा नं २ सुर्जहा बस्ने किसोरी साहको टिभि पसल र नन्दुरामको साईकल पसल जलेर नष्ट भएको छ । आगलागिबाट टिभि पसलमा रहेको टिभि मर्मत लागि आवश्यक पर्ने समग्री सहित डिजे मसिन,स्पिकर र ईन्भटर लगायतको समान जलेर करिब २ लाख बराबरको क्षति भएको पसल संचालक साहले बताए । पसल अगाडि रहेको सशस्त्र प्रहरी बलका प्रहरी जवान र स्थानियको सहयोगमा आगलागि नियन्त्रणमा लिएको थियो । बिद्युत शर्ट सर्किट भई आगलागि भएको भने स्थानियहरु बताएँ ।