बीरगंज,बैशाख २१
पर्सा जिल्लामा जारी भएको निषेधाज्ञाको अवधि थप गरिएको छ। बैशाख १६ गते बिहान ६:०० बजे देखि जारी गरिएको निषेधाज्ञाको अवधि बैशाख २२ गते राति १२ बजे सकिने समय थियो । निषेधाज्ञा सकिने मिति भोलि रहेको हुनाले आज मंगलवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले निषेधाज्ञा अवधि बढाएर बैशाख ३० गते राति १२:०० बजेसम्म जारी रहने निर्णय गरेको हो ।