कलैया,बैशाख २१
बारा जिल्लाको कोल्हबी जाँदै गरेको अवस्थामा बीच सडकमै अचानक आफ्नै चक्का पड्केर एक ट्रकमा आगलागी भएको छ ।पथलैया देखि तामागढी सडक खण्ड हुदैं कोल्हबी जाने क्रममा चक्का पड्केर सो घटना भएको हो । आगलागी भएको ट्रकमा सिमेन्ट लोड थियो । बाराको कोल्हबी नगरपालिकाको वडा नम्बर ४ स्थित भलुवाई खोर गाउँबाट उतर तर्फको भित्री जंगलको बाटोमा ना. ४ ख. ९५९८ नम्बरको ट्रकमा आगलागी भएको छ । उक्त आगलागी भएको ट्रकमा पूर्ण रुपले क्षति भएको छ भने कुनै मानविय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएकाे छ ।