बीरगंज, बैशाख २१


लकडाउनको मौका छोपी पर्साको ग्रामीण क्षेत्रमा मा कालाबजारी सुरु भएको छ । पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका, जगरनाथपुर गाउँपालीका , जीराभवानी गाउँपालीका, पटेर्वा सुगौली गाउँपालीका, पर्सागढी नगरपालिका,ठोरी गाउँपालीका , लगायतका गाउँपालीका र नगरपलिकामा कालाबजारी गर्नेको संख्या बढदै गएको स्थानियहरुले गुनासो गरेकाछन् । खाद्यान्न वस्तुमा गाउँ घरमा रहेको पसलेहरुले कालाबजारी गरिरहेको स्थानियले जानकारी दिएका छन् । पसलेहरुले प्रति बोरा ९०० सय पर्ने सोनामन्सुली चामल १३००मा प्रती किलो १ सय ८० रुपैयाँ पर्ने खाने तेल ३सय २० रुपैयाँ, प्रती किलो ८० पर्ने चिनि १२० रुपैयाँ, प्रती किलो ३५ रुपैयाँ पर्ने आलु प्रती किलो ६० रुपैयाँ, कपडा धुने साबुन २० पर्नेलाई प्रती पिस ३० रुपैयाँ प्रती किलो ५० रुपैयाँ पर्ने चिउरा ८०रुपैयाँ प्रती पिस पर्ने भोलागुट्खा ५ पर्ने १० /१००को रिचार्ज कार्डमा १०५ देखी ११०रुपैयाँ सम्म लिने गरेको जीराभवानीका स्थानिय वासिन्दाले बताएका छन् । लकडाउनको अवधिमा कालाबजारी नगर्न प्रदेश २ का मुख्य मन्त्री लाल बाबु राउतले पटक—पटक आग्रह गरेपनि पर्साको ग्रामीण क्षेत्रमा कालाबजारी रोकिएको छैन् । यस्तै पटेर्वासुगौली गाउँपालिकाका प्रमुख हरीनारायण चौधरीले पटेर्वासुगौली गाउँपालीका भित्रमा कालाबजारी भएमा कारवाही हुने बताएका छन् । लकडाउनका कारण दैनिक छाक टार्न समस्या परेका बेला कालाबजारी गर्ने पसलेहरु लाई कुनै हालतमा न छाड्ने चेतावनी समेत दिएको गाउँपालीका प्रमुख चौधरीले बताएका छन ।