बीरगंज,बैशाख२२
सभामुख र प्रतिनिधि सभा सदस्यहरुको कोरोना भाइरस संक्रमणको परीक्षण हुने भएको छ ।आउँदो बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भोलि सभामुख सहित सांसदहरूको कोरोना परीक्षण गर्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि बेलुका ५ बजे सम्म पीसीआर परीक्षण हुनेछ । आज सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखा सहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुनेछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक सहित अरुको पीसीआर परीक्षण भोलि हुनेछ ।