वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियन नेपाल पर्साको अध्यक्षमा एजाज बाबु रकी नै रहेको जनता समाजवादी पार्टी पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी गराएका हुन् ।
पार्टीको नियम विपरीत आफु राजी खुसी अध्यक्ष रकीलाई हटाएर नयाँ अध्यक्ष बनाइएको प्रति खेद प्रकट गर्दै जिल्ला अध्यक्ष रकी नै रहेको उनले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् ।
अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा जनता समाजवादी पार्टी नेपाल संघियता पहिचान तथा अधिकार विहिन अवस्थामा रहेको वर्ग समुदायको उत्थानको लागि संघर्षरत पार्टी हो ।
मधेश विद्रोह मार्फत नेपालमा पहिचान तथा अधिकार स्थापित गराउन गरेको योगदान पार्टी पद्धतिले आत्मसात गरि अगाडि बढनु पर्ने आजको आवश्यकता हो । पार्टीलाई संगठित , मर्यादित र अनुशासित वनाउन भातृसंगठन तथा शुभेच्छुक संस्थाहरुको दायित्व हो ।
भातृ संगठन शुभेच्छुक संस्थाहरु पार्टीका मेरुदण्ड हुन संघियता कार्यान्वयनको क्रममा जनता समाजवादी पार्टी नेपाल स्थानिय तह देखि केन्द्रसम्मको संरचना निर्माण गर्ने पहिलो पार्टी हो । जिल्ला स्थित भातृसंगठन तथा शुभेच्छुक संस्थाहरु जिल्ला पार्टी समितिको मातहत हुने जनता समाजवादी पार्टीको विधानले निर्देशित गरेको छ ।
जिल्ला समितिको सहमति र सहकार्य नगरि केन्द्रले प्रदेश समितिलाई बिना सूचना कुनै किसिमको निर्णय गर्नु विधान सम्मत हुँदैन तसर्थ समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाज बाबु रकी लाई हटाएर अर्को व्यक्ति चयन गर्ने अधिकार नरहेकोले समाजवादी विद्यार्थी युनियन पर्साको अध्यक्ष एजाजबाबु रकी रहेको ब्यवहोरा जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ विज्ञप्तिमा उल्लेख छ ।