बीरगंज, बैसाख २२
पर्सा जिल्लाको सखुवाप्रसौनी गाँउपालिकाका गाउँपालिका अध्यक्ष प्रदीप जैसवालको सक्रियतामा १० बेडको आईसोलेशन वार्ड संचालन भएको छ । सखुवाप्रसौनी गाँउपालिकाको वडा नं ५ महुवनमा रहेको स्वास्थ्य चौकीमा १० वेडको आईसोलशन वार्ड संचालनमा आएको अध्यक्ष जैसवालले जनाए ।एन्टिजेन परिक्षणमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएकालाई आईसोलेशनमा राखेर उपचार गरिने बताउनुभयो । कोभिड बिरामीको उपचारमा समस्या नहोस भनेर गाँउपालिकामै सुबिधा सम्पन्न आईसोलेशन संचालनमा ल्याइएको छ । गाउँपालिका भित्र पर्ने एउटा अर्को स्वास्थ्य चौकीमा १५ बेडको अईसोलेशन वार्ड निर्माण कार्यको तयारी भईरहेको गाउँपालिका अध्यक्ष जयसवालले जनाएका हुन्। भेलिन्टिलेटर र अक्शिनको ब्यवस्थापन प्रदेश सरकार लगायत अन्य निकायले सहयोग गरिदिएमा सखुवाप्रसौनी गाउँपालिका लगायतका जनताहरु लाई सहयोग पुग्ने गाउँपालिका अध्यक्ष जयसवालले जनाएका छन।आईसोलेशन वार्डमा डा. कृष्णा साहको नेतृत्वमा टोलीको व्यवस्था गरिएको बताउनुभयो । आइसोलेसनमा बस्ने संक्रमितको औषधि,खाना निशुल्क उपलब्ध गराउने अध्यक्ष जयसवालले बताएँ।