वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुने गरी एक विज्ञप्ति जारी गर्दै स्वयंसेवक शिक्षकलाई सेवाबाट हटाएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईका अनुसार महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत सबै स्वयंसेवक शिक्षकलाई हटाइएको जानकारी दिए ।
नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण स्वयंसेवक शिक्षकलाई हटाउने निर्णय गरेको थियो ।
महानगरपालिकाले गत साउन १ गतेदेखि आधारभूत तह र माध्यमिक तहमा एक सय ५७ स्वयंसेवक शिक्षक राखेको थियो ।