बीरगंज, बैशाख २२
बीरगंज महानगरपालिकाले एक/एक सय बेडको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने भएको छ । महानगरपालिकामा रहेको अस्पतालमा कोरोना भाइरस सङ्क्रमित भरिएकाले महानगरपालिकाले शुक्रबार देखि अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर सञ्चालन गर्न लागेको बीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताएँ ।कोरोना भाइरस सङ्क्रमित भइ हाल होम आइसोलेसनमा अक्सिजन प्रयोग गरिरहेका सङ्क्रमितहरुको अवस्था जटिल बन्न थालेकोले चिकित्सकको निगरानीमा उपचार गर्नका लागि महानगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको मेयर सरावगीले बताए । बीरगंज महानगरपालिका वडा नम्बर १० घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गरिने उनले बताए ।अस्थायी अस्पतालमा चिकित्सकसहित प्यारामेडिकल स्टाफ समेत रोखर संक्रमितको उपचार गरिनेछ । त्यहाँ अक्सिजनसहितको बेड पनि हुने मेयर सरावगीले बताए । कोभिड अस्पतालमा उपचारार्थ भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खाना समेत महानगरपालिकाले निःशुल्क रुपमा महानगरपालिकाले उपलब्ध गराउने ।