बीरगंज,बैशाख २२
कतारमा जेल सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले रमदानको अवशरमा आममाफी दिएको छ । रमदान वर्षको अवसरमा कतार स्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको कतार इस्तिथ रहेको नेपाली दूतावासले जनाएको छ । आममाफी पाएका नेपाली नागरिकको स्वदेश फिर्ता पठाउन सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावासले जनाएकाे छ। कोरोना सङ्क्रमणलाई समेत मध्ये नजर गर्दै कतारमा जेल जीवन बिताइरहेका नेपालीहरूको रिहाइका लागि विभिन्न समयमा कतार सरकार समक्ष दूतावासले अनुरोध गर्दै आएको जनाएको छ ।