वीरगन्ज । पर्साको पोखरीया नगरपालिका वार्ड नं ६ सेरा खेल मैदानमा भइरहेको मेयर कप किर्केट प्रतियोगितामा भएको विवादलाइ लिएर राती देखि नै दुई वडाका स्थानिय बिच झडप भइरहेको थियो ।
झडपमा परी सिवरवाका नजमुल मिया ,एनुल मिया लगायत ३ जना घाइते भएका छन । पोखरीया नगरपालिकाको वार्ड नं ६ सिर्सिया र ९ सिवबरवा बिच राति देखि नै झडप भएको हो ।
हिजोको खेल सखुवाप्रसौनी र पोखरिया बिचको खेलमा खेलाडी आउट भएको भनेर सिवरबाका केहि दर्शकहरुले हो हल्ला गरेपछि बिबाद उत्पन्न भएको थियो । सो बिबादलाइ लिएर राती वडा अध्यक्ष सियाननद चौहान र वरवाका राकेस महतोको टिम बिच हानाहान भएको थियो
त्यही विषयलाई लिएर आज बिहान वडा अध्यक्ष सियानन्द चौहानको पक्षधर सिर्सियाका स्थानियहरुले ढोलतासा बजाउदै लाठि भाठा लिएर मारपिट गर्न सिवरवा गाउँ नजिक आएपछि सिवरवाका स्थानियले पनि लठ्ठी बोकेर सो ठाऊँमा पुगेका थिए ।
केहि समय सो ठाऊ तनावग्रस्त भएको थियो।पछि प्रहरीहरु आएपछि अवस्था सामान्य बनेको र सबै जना आ आफनो घर तिर लागेका थिए। पछि दुबै थरिका झगडिया तथा मेयर प्रधुम्न चौहान , पुर्व मेयर दिपनारायण रौनियार, वार्ड अध्यक्ष लछुमन साह , नौसाद आलम , सियाननद चौहान, शंकर यादय,लगायतको उपस्थितीमा छलफल भएको र अर्को छलफल सोमबार गर्ने सहमति भएको मेयर चौहानले बताए ।