वीरगन्ज । तिलगंगा आँखा प्रतिष्ठानको आयोजना तथा बिन्दबासिनी गाउँपालिकाको सहयोगमा बहुवर्वास्थित राधा कृष्ण चौरसिया माविमा ४ दिने निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।
बिन्दबासिनी गाउँपालिकाको सहयोगमा भएको उक्त आँखा शिविरमा बिन्दबासिनी गाउँपालिका लगायत पकाहाँ मैनपुर गाउँपालिका र पोखरीया नगरपालिका क्षेत्रका युवा तथा बृद्धबृद्धा गरी ६०३ जनाको हिजो मात्र आँखा जाँच गरिएको सामुदायिक आँखा अस्पताल वीरगन्ज डाक्टर एवं शिविर संयोजक महेश सिंह धामीले बताए ।
आँखा जाँच गरिएकामध्ये १०६ जनामा मोतीबिन्दुको समस्या देखिएको थियो । उनीहरुको निःशुल्क शल्यक्रिया समेत आज गरिने छ । आँखामा समस्या देखिएकाहरुको लागि विद्यालय मै उपचारको सम्पूर्ण व्यवस्था गरिएको छ ।
आँखा शिविरमा सिंहापुरका वरिष्ठ आँखा सर्जनहरुद्वारा आँखाको शल्यक्रिया गरिने छ । उक्त शिविरमा विदेशी ६० जना डाक्टरहरूको टोली सहित तिलगंगा आँखा प्रतिष्ठानका पनि डाक्टरहरूको संयुक्त रूपमा आँखा जांच एवं शल्यक्रिया भइरहेको छ । हिजो देखि सुरु भएको शिविरमा आज सम्म OPD चेक मात्र गरिने छ भने बिहीबारसम्म शल्यक्रिया हुनेछ।
गाउँपालिका बासिको स्वास्थको मध्य नजर गर्दै यस शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताए । उहाँको अनुसार शिविरबाट गाउँ बासी धैरै खुसी र लाभान्वित भएको जनकारी दिए ।
विद्यालय प्रधानध्यापक सरोज चौहानको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री , वरिष्ठ सर्जन सन्निता शर्मा लगायत स्वास्थ्य कर्मी , सुरक्षा कर्मी , पत्रकारहरुको उपस्थिति रहेको थियो ।