वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकाको वडा नम्बर ३ मा अबैध रुपमा काटिएका काठको काँचो दाउरा र साईकल बरामद गरीएको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका मातहत रहेको प्रहरी चौकी बड्नीहारबाट खटिएको प्रहरी टोलीले बड्निहार चौकबाट उक्त काठको दाउरा र साईकल बरामद गरेको हो ।
राष्ट्रिय वन जंगलबाट अबैधरुपमा सालको काठ दाउरा र पाँच थान साईकल बरामद गरेको हो । तस्कर भाग्न सफल भएको प्रहरीले जनाएको छ । बरामद काठ ,साईकल डिभिजन वन कार्यालय बड्नीहार बुझाईएको प्रहरीले जनाएको छ ।