

पर्सा । सखुवाप्रसैनी गाउँपालिकामा आज एक कार्यक्रमको बिच जिल्लाका दलित अगुवाहरुको भेलाबाट नरेन्द्र हाजरा पासवानको अध्यक्षतामा २१ सदस्यीय समाजवादी दलित मुक्ति संगठन जिल्ला समिति गठन भएको छ ! भेलाले उपाध्यक्षमा जगत राम, सचीव गणेश राम र सदस्यमा चन्दभूषण पासवान,शान्ति देबि राम लगायतलाई चयन गरेको छ ! कार्यक्रमको प्रमुख अतिथि जसपा नेपालको राजनीतिक समिति सदस्य एबम सङ्गठनका केन्द्रिय इन्चार्ज चन्देश्वर पासवानले कार्यक्रमलाई सम्बोधन गर्दै आज गठन भएको नयाँ कार्य समितिलाई बधाई दिदै आगामी दिनमा संगठनलाई चुस्तदुरुत बनाउन निर्देशन समेत दिनु भयो ! प्रमुख अतिथिले जनता समाजवादी पार्टी नै देशको पहिलो पार्टी हो, जसको आवाज र आन्दोलनको कारण आज राजनीति र राज्यको मुल प्रवाहमा दलितहरुको सहभागीता बढेको छ! देश संघीयतामा गए पनि स्थानीय तहले दलितहरुको मुद्दालाई स्थानीय स्तरमा अझै सम्बोधन नभएको कुरा बताउनु भयो, त्यसका लागी समाजवादी दलित मुक्तिसंगठन अगाडि आउनु पर्छ भने कुरा बिश्वास व्यक्त गर्नु भएको छ ! कार्यक्रममा बिशिस्ट अतिथी पुर्ब प्रदेश सदस्य चमेलि देवि दास, अतिथिहरु राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, समाजवादी दलित मुक्ति संगठनका मधेस प्रदेश अध्यक्ष रामो महरा, सखुवाप्रसैनी गापा अध्यक्ष पार्टी अध्यक्ष प्रदिप जयसवाल र युवानेता असलमको उपस्तिथी रहेको थियो ।