वीरगञ्ज । पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नम्बर ३२ बस्ने सुदामा साहका छोरा वर्ष १७ का भोला कुमार साहको दुर्घटनामा हात भाचिएकोमा उपचारमा संलग्नता भएका डाक्टर अलोक दासको लापरबाहीले हात कातन परेको आमा उषा देवीले आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनमा उनले भने भारत बाट नेपाल आउने क्रममा रक्सौलमा मेरो छोराको रिक्सा पल्टिँदा हात भाचिएको थियो । हात भाचिए पछि भारत स्थित रक्सौलमा रहेको एसआरपिएम मेमोरियल ट्रस सुपर स्पेलाइटि हस्पिटलमा अपरेसन गरि हातमा स्टिल जडान गरि उपचार भइरहेको अवस्थामा उनले भने मेरो बीरगंजमा आशाराम हस्पिटल छ त्यहींबाट उपचार गराउन आउन भनेर सुझाव डाक्टर अलोक दासले दिएको पिडित देवीले पत्रकार सम्मेलनमा बताए ।
त्यहाँ एक हप्ता उपचार गरेपछि त्यहीँबाट डिसर्चाज गरि आसाराम हस्पिटलमा उपचार गर्ने क्रममा मेरो छोराको उपचारमा लापरबाही गर्नले आज बायाँ हात गुमाउनु परेको बताए । आज मैले समयमा काठमाडौंको बि एण्ड बि अस्पतालमा नलगेको भए ज्यानै जोखिममा परिसकेको हुन सक्थ्यो भनेर बताउदै डाक्टर दासलाई कानुनी दायरामा ल्याउनुपर्ने र क्षतिपूर्ति उपलब्ध गराउन सोही पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् ।
आमा उषा देवीले भनिन् आज मेरो छोरा संग भएको छ भोलि अरु संग यस्तै हुनसक्छ त्यसैले अहिले नै कानुनी दायरामा ल्याउन आवश्यक रहेको समेत बताए । जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको अहिलेसम्म कुनै सुनुवाइ नभएपछि बाध्य भएर पत्रकार सम्मेलन गरेको आमा उषा देवीले बताइन् ।
पटकपटक गरि तीन पटक छलफल मात्र भयो तर प्रहरीले केही नगरेको बताए । भारत बाट नेपाल आउने क्रममा २०८०–७–१२ गते दिउँसो १ः ३० बजे रक्सौलमा दुर्घटना भएको थियो । घाइतेको अहिले पनि पुर्णतः रुपमा ठीक नभएको अवस्था छ र उपचार खर्च अहिलेसम्म बीरगंज देखि काठमाडौं सम्मा करिब १३ लाख भएको बताए । पत्रकार सम्मेलनमा छिमेकी बविता सरार्फ,राजेश साह सोनार,हजरत अलि अन्सारी लगायतको उपस्थित रहेको थियो ।