वीरगन्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका वडा नं –५ मा अवैधरूपमा लगाइएको दुई कठ्ठा गाँजा खेती फँडानी गरेको छ ।
प्रहरीको एलआरपी टोली र इलाका प्रहरी कार्यालय ठोरीको संयुक्त टोलीले सो क्षेत्रमा लगाइएको ७०० गाँजाको बोट फडानी गरेको हो ।
प्रहरीले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको खोजतलाश गरिरहेको जिप्रका पर्सा प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बताए ।