बीरगन्ज,वैशाख २३
बीरगंज महानगरपालिका भित्र रहेका सम्पूर्ण गरिव तथा विपन्न रिक्सा चालक, ठेला चालक र असाहयहरुलाई निशुल्क खान खुवाउने कार्यक्रमको सञ्चालन भएको छ। वैशाख २२ गतेदेखि बीरगन्जमा रहेको सामाजिक सस्था नामक साहिब दरबार सेवा सस्था,समर्पण सेवा सस्था र स्टार मार्बल एण्ड सेनेटरी प्रा.लि. बीरगन्जको सहयोगमा निशुल्क खाना खुवाउने काम भइरहेको साहिब दरबारका अध्यक्ष राजेशमान सिहले जानकारी गराए । पर्सा जिल्लामा निषेधाज्ञा जारी भए पछि उनीहरुको रोजगारी गुमेकोले भोकभोकै बस्नु परेको अवस्था आएकोले दोस्रो चरणमा पनि उनीहरूलाई निशुल्क खान खुवाउने ब्यवस्था गरिएको अध्यक्ष सिहले बताए।अहिले आफुहरुले नारायणी अस्पताल,आर्दशनगर, बसपार्क, लगायत विभिन्न स्थानमा पुगेर खान खुवाउने काम भईरहेको बताएका छन्।उनलेे भने आफुलाई अहिले उमेशलाल सहनी,रुपेशमान सिह,जय प्रमाश महतो,राहुल तुल्स्यान,किशोरी सिह ठकुरी सन्दीप बैठा बिक्रम नगर कोटि लगायतले सहयोग पुराइरहेको बताए ।