वीरगन्ज । पर्साको बिरगंजमा जारी एनआई फुटबल आन्तरिक वार्षिक खेल फूटबल प्रतियोगिता आज सप्पन्न भएको छ ।
पहिलो खेलमा १२ फिजिकल र ११ बायोमा भएको थियो । पहिलो खेलमा १२ फिजिकलले ३-१ उपाधि हात पार्न सफल भयो । १२ फिजिकल टिमबाट दिपेश यादव , राहुल पटेल र निरज यादवले एक एक गोल गरेका थिए भने ११ बायो टीमबाट प्रमिन्दर प्रसाद कुशवाहाले एक गोल गरेका थिए ।
त्यस्तै दोश्रो खेल १२ बायो र ११ फिजिकल बीच भएको थियो । दोश्रो खेलमा १२ बायोले २-० गोलले जीत हासिल गरेको थियो । १२ बायो टीमबाट आफताब गद्दी र मेराज अलीले एक एक गोल गरेका थिए ।
राष्ट्रका लागि खेलकुद,स्वास्थका लागि खेलकुद“ भन्ने उद्देश्यका साथ खेलकुद प्रतियोगिता आयोजना गरिएको युवा नेता सुधीर पटेलले बताए ।