वीरगन्ज । ज्योतिष महासंघ एसियाका उपसभापति ज्योतिष डा. पुरुषोत्तम दुबे आज एक कार्यक्रमका बिच समानित भएका छन ।
काठमाडौंको बागबजारमा अवस्थित रहेको होटल हार्दिकमा ज्योतिष परिषद रजत महोत्सव कार्यक्रममा ज्योतिष डा. दुबे सहित २१ जना ज्योतिषहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल सरकारका उपप्रधनमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले ज्योतिष क्षेत्रमा अतुलनिय सहयोग प्रदान गरेको भन्दै मायाको चिनो प्रदान गरी सम्मान गर्नु भएको छ ।
ज्योतिष परिषद रजत महोत्सवका अध्यक्ष ज्योतिष माधव राज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा विश्व ज्योतिष महासंघका केन्द्रिय अध्यक्ष डा. लोकराज पौडेल लगायत देशभरिबाट आएका चार सय जना ज्योतिषहरूको सहभागिता रहेको थियो भने नेपाल पञ्चाङ्ग निर्णायक समितिकाका पदाधिकारी एवं कार्यक्रम संयोजक ज्योतिष सन्तोष वशिष्ठले कार्यक्रममा स्वागत मन्तब्य राखेका थिए भने ज्योतिष लक्षमण पन्थीले एवं ज्योतिष शिवलाल पौडेलले कार्यक्रममा सहजीकरण गर्नु भएका थिए ।