विरगन्ज । पर्साको बिरगंज स्थित रहेको नेशनल इन्फोटेक कलेजले आयोजना गरेको आन्तरिक फुटबल प्रतियोगितामा १२ जिवविज्ञान संकाय विजयी भएको छ ।
आन्तरिक फुटबल प्रतियोगिताको फाइनल खेलमा कम्प्युटर संकायलाई हराउँदै १२ जीवविज्ञान संकाय विजयी भएको हो । सुरुको फाइनल खेलमा १२ जीवविज्ञान संकायको ग्रुपबाट सुरजले १ गोल गरेका थिए भने कम्पुटर संकाय ग्रुपबाट राहुल पटेलले १ गोल गरी खेललाई बराबरीमा पुर्याएका थिए ।
बराबरी पछिको खेलमा कम्प्युटर संकाय ग्रुपबाट आत्मघाती गोल भएपछि १२ जीवविज्ञान संकायले विजयी हासिल गरेको थियो ।
आज भएको खेलमा प्रमुख अतिथिको रूपमा राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश इन्चार्ज मोहमद निजामको उपस्थिति रहेको थियो ।