वीरगञ्ज । भारत बिहारको रामगढवा थाना क्षेत्र अन्तरगत चंपापुरमा एक जनाको निधन भएको छ ।
छठीयार (भात खुवाई) को भोज भइरहेको समयमा खुशी मनाउन गोली पड्काउने क्रममा एक जनाको मृत्यु भएको हो ।
फायरिंग गर्दा एक जनाको मृत्यु भएको र शबलाई पोस्टमार्टमका लागि सदर अस्पताल मोतिहारी पठाइएको भारतीय सुरक्षाकर्मीले बताए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।