बीरगंज, बैशाख २३
वीरगन्ज महानगरपालिकाले बैशाख २४ गते देखि वडा नं ९ काे घडिअर्वा स्थित गाेपाल मण्डली धर्मशालामा संचालन गर्ने काेभिड अस्थायी अस्पताल र आइशाेलेसनकाे तयारी पूरा भएकाे छ । एक सय वेडकाे काेभिड अस्पताल, एक सय वेडकाे अाइसाेलेशनमा संक्रमितका लागि अाैषधी, अक्सिजन, खाना, नास्ताकाे ब्यवस्था निशुल्क गरिएकाे छ । यसमा ३० वटा क्याविन वेड समेत राखिएकाे छ । भाेली विहान ११ वजे देखि संचालनमा आउने COVID 19 अस्पताल र आइसुलेसन सेन्टर को २४ घण्टा खुला रहने 9844534202 नम्वरमा सम्पर्क गर्न सकिने छ ।काेभिड अस्पतालमा काेभिड केश हेर्ने विशेषज्ञ डाक्टर डिएम १ जना, एमडी मेडिकल २ जना, मेडिकल अफिस ५ जना, प्यारामेडिकल स्टाफ २१ जना, सरसफाइकर्मी ८ जना र प्रशासनिक कर्मचारी १० जनाबाट संचालन गरिने छ ।