वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सहयोगमा यतिम खानाका बालबालिका र मस्जिदका मौलानाहरुलाई सिरक वितरण गरिएको छ ।
वीरगञ्ज महानगरको सहयोग र वीरगञ्ज मुस्लिम उत्थान समितिको आयोजनामा ६० थान सिरक वितरण गरिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित यतिम खानाका २० जना बालबालिका र विभिन्न मस्जिदका ४० जना मौलानालाई सिरक वितरण गरिएको हो ।
मंगलबार बिहान यतिम खानामा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सिरक वितरण गरेका हुन् । सामाजिक सदभाव बिगार्न केहि तत्वहरु सकृय रहेकाले त्यस्ता तत्वहरुकाट सचेत रहन महानगर प्रमुख सिंहले वीरगञ्जबासीलाई आग्रह गरेका छन् ।
मेयर सिंहले सामाजिक सद्भाव कायम हुने गरि काम गर्न मुस्लिम अगुवाहरुलाई आग्रह गरे । उनले वीरगञ्जबासीको विश्वास र भरोसा आफुले कहिल्यै पनि टुट्न नदिने वाचा पनि गरे ।
अब्बार मंसूरीको अध्यक्षतामा भएको कार्यक्रममा मौलाना असगर अली, शेष जलसोद्दीन, शेष लाल महम्मद, असरद कमाल, सलाउद्दीन मंसूरी, अफरोज आलम लगायतको उपस्थिति रहेको थियोे ।