बीरगंज, बैशाख २३
जिल्ला जनस्वास्थ्य कार्यालय बारा अन्तर्गत रहेको ल्याब सेवा बन्द भएपछि बिरामीहरुको खकार परीक्षण अवरुद्ध भएको छ । सेवा अवरुद्ध बनेपछि सर्वसाधारण बिरामीको समस्यामा परेका छन ।जिल्ला जन स्वास्थ्य कार्यालय बाराको ल्याब सेवामा कार्यरत एकजना ल्याब टेक्निसियनलाई कोरोना पोजेटिभ भएपछि ल्याब सेवा प्रभावित बनेको स्वास्थ्य कार्यलय बाराको निमित्त प्रमुख राघेवन्द्र कर्णले जानकारी दिनुभयो ।ती कर्मचारीलाई बैशाख १४ गते संक्रमण पुष्टि भएको थियो ।एकजनालाई संक्रमण पुष्टि भएको र अर्का ल्याब असिस्टेन्ट पनि कार्यालय आउन नमानेपछि खकार परीरक्षण प्रभावित बनेको हो ।ल्याब संचालन गर्न भनेर नियुक्त गरिएका दुईजना प्राविधिक मध्ये एकजनामा कोरोना पोजेटिभ र अर्का ल्याब असिस्टेन्ट सरोज यादबले कोरोना त्रासका कारण सेवा संचालन गर्न नमानेको जिल्ला जन स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।कोभिड १९ को उच्च जोखिममा रहेको बारा जिल्लामा समेत दिनप्रतिदिन कोरोना पोजेटिभ र मृत्यु दर समेत बढ्दै गएकोले यतिबेला शंकास्पद क्षयरोगका रोगीहरुको खकार चेकजाँच गराउन समस्या भएको छ ।