वीरगन्ज । प्रेस चौतारी नेपाल रौतहट शाखाका सदस्य अशोक यादव माथि भएको कुटपिट र आक्रमणको घटना प्रति प्रेस चौतारी नेपाल पर्साको गम्भिर ध्यानाकर्षण भएको छ । पर्सा शाखा सचिव राकेश साहले आज एक प्रेस बिज्ञप्ती जारि गरि घटना प्रति खेद प्रकट गरि गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन ।
कटहरिया नगरपालिका वडा न.८ मा बनाईएको सार्वजनिक प्रतिक्षालयलाई निजि प्रयोजनको निम्ती प्रयोग गरिएको भनी लेखिएको समाचारको बिषयलाई लिएर हिजो प्रेस चौतारी नेपाल रौतहट शाखाका सदस्य अशोक यादव माथि आक्रमण भएको थियो ।
प्रेस चौतारी पर्सा शाखाले घटनामा संलग्न कटहरिया नगरपालिका–८ पिपरा पोखरियाका जितेन्द्र यादव, सिकिन्द्र यादव, छोटेलाल राय, प्रिन्स जयसवाल तथा समुन्द्र बिक्रम साह भनिने पशुराम साहलाई नियन्त्रणमा लिई सत्य तथ्य पत्ता लगाई कारवाही गर्न र पत्रकारलाई निर्वाध तथा निर्भीक रूपमा काम गर्ने बातावरण बनाउन सम्बन्धित निकायसँग जोडदार माग समेत गरेको बिज्ञप्ती उल्लेख छ ।