बीरगंज,बैशाख २३
पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा निशुल्क माक्स वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।गाँउपालिकाको सहयोग तथा समाज परीवर्तन नेपाल मुर्ली र वीरगंज केयर क्लबको सँयुक्त आयोजनामा धोरेमा एक हजार माक्स बितरण एवं कोरोनाबारे जनचेतना कार्यक्रम गरिएको हो ।नयाँ भेरियन्ट सहितको कोभिड(१९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिब्र रुपमा बढीरहेको बेला कोरोना भाइरसको प्रभावलाई रोकथाम गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको समाज परिर्वतन नेपालका अध्यक्ष अकलेश साहले बताए ।अध्यक्ष साहले अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न र बाहिर जानै परे स्वास्थ्य मापदण्ड अपनाएर जान अनुरोध गर्नुभयो । कार्यक्रममा समाज परीवर्तन नेपाल सदस्य आकाश गुप्ता ,वीरगंज केयर क्लबको अध्यक्ष भगवान लाल पटेल ,सदस्य सुमित पटेल, चंदन पटेल,पकहा मैनपुर बीओपीका श्याम प्रसाद लिगल ,अर्जुन भण्डारी,धोरे चौकीका इन्चार्ज जिवछ शर्मा, प्रहरी जवान लालबाबु महतो लगायत स्थानियको उपस्थिती रहेको थियो ।