वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाको सहयोगमा बहुवर्वा स्थित राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयमा संचालित निशुल्क परिवार नियोजन / बन्ध्याकरण शिविरमा आज दोश्रो दिन पनि परिवार नियोजन गराउने महिलालाई कम्बल वितरण गरिएको छ ।
सन्तानको रहर पुगी सकेका महिलाहरूका लागि लक्षित गरी सञ्चालन गरिएको शिविरमा परिवार नियोजन/ बन्ध्याकरण गराइसकेका आज ३२ जना महिलाहरुलाई गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले कम्बल वितरण गर्नु भएको पालिकाका स्वास्थ्य संयोजक नरेश चौहानले बताउनु भयो ।
उक्त विद्यालयमा संचालित निशुल्क परिवार नियोजन/बन्ध्याकरण शिविर हिजो र आज गरी दुई दिन चलेको थियो हिजो चलेको शिविरमा २९ जना महिलाहरुले परिवार नियोजन बन्ध्याकरण गराएका थिए भने आज ३२ जनाले गराएको संयोजक चौहानले बताउनु भयो ।