वीरगन्ज । स्विफ्टफोर्ड एजुकेशनले युनाइटेड नेपाल फाउन्डेसनसँगको साझेदारीमा आयोजना गरेको मधेश ब्याटल अफ स्टार्टअपले प्रश्नोत्तर राउण्डको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ । आजको पहिलो सत्रमा कूल १६ टोली संलग्न रहेका थिए।
आज आयोजना गरिएको मधेश ब्याटल अफ स्टार्टअपले युवाहरुको भविष्य र सोचमा निकै परिवर्तन ल्याउने छ जसको आभास पनि सहभागी भएका टोलीहरूले बताएका थिए ।
यो कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी आगामी दिनमा आयोजना गरिने छ जस्तो कुरा आयोजक संस्थाहरूद्वारा आएको थियो। आजको नतिजा जनवरी १८ मा प्रकाशित हुनेछ भने सबैलाई जानकारी गराउँदै यस कार्यक्रमलाई समाप्त गरिएको थियो।