वीरगञ्ज । नेशनल ईन्फोटेक (एनआई) कप अन्र्तगत आज भएको दोस्रो खेलमा वीरगञ्ज सेन्जेभियर्स स्कुल विजयी भएको छ । टस जितेर सेन्जेभियर्स स्कुलले ब्याटिंग रोजेको थियो ।
निर्धारित २० ओभरमा सेन्जेभियर्स स्कुलले ३ विकेटको क्षतीमा १११ रनको योगफल तयार पारेको थियो । जसका लागि अस्रफ अन्सारीले २६ रन बनाए भने एम डी साजिद अन्सारीले २२ रन बनाए ।
वीरगञ्ज सेन्ट्रल स्कुलका प्रेम प्रकाश माझीले २ विकेट लिए भने मोहम्मद अलीले १ विकेट लिए ।
११२ रनको जवाफी लक्ष्य पछ्याएको वीरगञ्ज सेन्ट्रल पूरै ओभर खेलेर ९ विकेट गुमाउँदै ९२ रनमै समेटियो । कमलेश पटेलले १९ रन बनाए भने प्रेम प्रकाश माझीले १८ रन जोडे ।
सेन्जेभियर्सका बिकास प्रसाद पटेल र सन्देश कुमार पटेलले ३/३ विकेट लिए भने राजु महतोले २ विकेट लिएको नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए । पर्सा क्रिकेट संघका अध्यक्ष समेत रहेका सिंहका अनुसार प्रतियोगीतामा सेन्जेभियर्सका सन्देश कुमार पटेल प्लेयर अफ दी म्याच घोषित भएका छन् ।