बीरगंज, बैशाख २३
बाराको महागढीमाई नगरपालिकाको वडा नम्बर १० गंजभवानीपुरमा कोरोना भाइरस संक्रमणको मध्ये नजर गर्दै आकश्मिक सेवा प्रदान गर्नकालागि एम्बुलेन्स सेवा सुचारु गरिएको छ । महागढीमाई नगरपालिकाको गंजभवानीपुरमा आज आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य शारदा शंकर प्रसाद कलवारले फिता काटी शुभारम्भ गर्नु भएको छ। महागढीमाई नगरपालिका वडा न. १० का वडा अध्यक्ष चन्दन कुमारको अथक प्रयासमा महामारीको बेला यस्तो महत्वपूर्ण सेवा सुचारु भएको छ। कोरोना भाइरस संक्रमणको हटस्पत बन्न नदिन साथै बिरामीहरूलाई समयमा अस्पताल पुरयाई सङ्क्रमितको सङ्ख्या बढन नदिनको लागि आकश्मिक एम्बुलेन्स सेवा सुचारु गरिएको वडा अध्यक्ष कुमारले बताएँ ।आकश्मिक सेवा प्रदान गर्नकालागि एम्बुलेन्स सेवा सुचारु भएकोमा वडा नम्बर १० का स्थानियहरु खुसी भएका छन्।साथै एम्बुलेन्स सेवा सुचारु भएकोमा सहयोगी हातहरुलाई धन्यबाद समेत दिएका छन्।