विरगञ्ज । नेशनल ईन्फोटेक (एनआई) कप अन्र्तगत आजको पहिलो खेलमा वीरगञ्ज सेन्ट्रल स्कुल विजयी भएको छ । नारायणी क्रिकेट रंगशालामा सम्पन्न आजको पहिलो खेलमा ग्लोबल बिजनेस कलेजलाई ७ विकेटले पराजित गर्दै वीरगञ्ज सेन्ट्रल विजयी भएको हो ।
वीरगञ्ज सेन्ट्रलले टस जितेर फिल्डिंग रोजेपछि ब्याटिंगको निम्तो पाएको ग्लोबल बिजनेसले १९ ओभरमा ७ विकेट गुमाउँदै ९३ रन बनायो । ग्लोबलका लागि विवेक यादवले सबैभन्दा बढी १८ रन जोडे । आदर्शन भण्डारीले १६ र साहिल सर्राफले १२ रन बनाए ।
ग्लोबल बिजनेसलाई सस्तैमा समेट्न वीरगञ्ज सेन्ट्रलका निकेश गुप्ताले ३ विकेट लिए । मुकेश मण्डल र प्रेम प्रकाशले १÷१ विकेट लिए । ९४ रनको लक्ष्य पछ्याएको वीरगञ्ज सेन्ट्रलले १५ ओभरमा ३ विकेटको क्षतिमै ९७ रन बनायो । जसका लागि कमलेश दासले उत्कृष्ठ प्रदर्शन गरे । २ छक्का र ४ चौका प्रहार गर्दै ४७ रन बनाएका कमलेश अर्धशतक बनाउनबाट ३ रनले चुके । त्यस्तै निकेश गुप्ताले ३२ रन बनाए ।
ग्लोबल बिजनेसका आदर्श भण्डारीले २ विकेट र अफ्फन मलिकले १ विकेट लिएको एन आई कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए । पर्सा क्रिकेट संघका अध्यक्ष समेत रहेका सिंहका अनुसार वीरगञ्ज सेन्ट्रलका निकेश गुप्ता प्लेयर अफ दी म्याच घोषित भएका छन् ।