बीरगंज, बैशाख २३
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ फरहदवाको नेपाल राष्ट्रीय आधारभुत बिधालयमा सञ्चालन गरिएको आइसोलेशन वार्डमा १ जना कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको छ। विभिन्न पालिकाहरुले आइसोलेशन तयारी गरेको खबर आइरहदा पटेर्वासुगौली गाउँपालिकामा केही समय अगाडि नै MBBS डाक्टर एक र अन्य स्वास्थ्यकर्मी सहितको आइसनलेसन् वार्ड तयारी गरिएको गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले बताए। ने.रा.आधारभुत बिधालय फरहदवामा बनाइएको आईसोलेसन् सङ्क्रमितको लागि औषधि,खाना, निशुल्क रुपमा उपलब्ध गराउने गाउँपालिका अध्यक्ष चौधरीले बताए।