बीरगंज,बैशाख २३
पर्साकाे पाेखरिया नगरपालिकाले २५ बेडको आइसोलेसन वार्ड बनाएको छ । कोभिड-१९ संक्रमितकाे उपचारकाे लागि २५ बेडकाे आइशाेलेसन वार्ड तयारी अवस्थामा राखेकाे छ । पाेखरिया अस्पतालमा आइशाेलेसन वार्ड तयारी अवस्थामा रहेकाे नगरपालिकाका मेयर दिपनारायण राैनियारले वताए । तयारी भएको २५ बेडको आइशाेलेसन वार्ड मध्ये ८ बेडकाे अक्सिजन वार्ड र १७ बेडकाे आइशाेलेसन वार्ड रहेकाे मेयर राैनियारले जानकारी दिए । सङ्क्रमितको सङ्ख्या बढी भएको खण्डमा पछी थप आइशाेलेसन वार्डकाे बेड संख्या थपिदै जाने उनले वताए । संक्रमितकाे लागि निशुल्क औषधीकाे किट समेत उपलब्ध गराइने छ । नगरपालिका भित्रकाे हाेम आइशाेलेसनमा बस्ने संक्रमितकाे लागि निशुल्क औषधी उपलब्ध गराइने छ ।