वीरगन्ज । जिल्लाको छिपहरमाई गाउँपालिकामा माछा मासु र मदिरा विक्री वितरणमा निषेध गरिएको छ ।
भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन माघ ८ गते हुन गइरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साको छिपहरमाई गाउँपालिकामा माछा मासु र मदिराको बिक्री- वितरणमा रोक लगाइएको हो ।
गाँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अयोध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवको वध तथा मदिराको बिक्रि वितरण नगरिदन आग्रह गरेका छन।
साथै छिपहरमाई गाँउपालिकामा राम मन्दिरको उद्घाटनका दिन साँझ गाँउपालिकामा रहेका हरेक घरघरमा दीप प्रज्वलन गरी दिपावली मनाउनपनि अध्यक्ष गुप्ताले आग्रह गरेका छन् ।