बीरगंज,बैशाख २४
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले शुक्रवार बिहान १३८ जना संक्रमित थप पुष्टि गरेको छ । अस्पतालका प्रवक्ता डाक्टर सरोजरोशन दासले १९२ जनाको स्वाब परिक्षण गर्दा आज बिहान १३८ जना संक्रमित पुष्टि भएको बताउनुभयो । संक्रमित हुनेमा पर्साका १०८ जना, बाराका २१ जना, सर्लाहीका ५ जना र रौतहटका ४ जना छन ।