महिनापहिले बाराको पचरौता नगरपालिका ६ लक्ष्मिनियामा भएको भारतीय युवक हत्यामा संलग्न एक सुटरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतकै बिहारकाे मोतिहारी दर्पा थाना ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय रुपेशकुमार महतो रहेका छन् ।
महताेलाई गत असोज ९ गते पचरौतामा भारत मोतिहारी दर्पा थाना ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।महताेलाई कलैया उपमहानगरपालिका १० बाट नियन्त्रणमा लिइएको न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार पक्राउ परेका महताे भारतीय सुटर भनिएका सुजितकुमार सिंह समूहका सदस्य हुन् ।अजितलाई गोली प्रहरी गर्दा सुजित र रुपेश संगै रहेको न्यौपानेको भनाइ छ । प्रहरीले यसअघि पुष १० गते सुजितलाई खुट्टामा गोली प्रहार गरी बिश्रामपुरबाट नियन्त्रणमा लिएको थियो ।
भारत मोतीहारीका सुजितमाथी कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या गरेको आरोप छ । सर्राफको कार्तिक १३ गते कलैयाको व्यस्त सडकमा गोली प्रहार गरी हत्या भएको थियो ।
सर्राफ हत्या प्रकरणमा जिल्ला अदालत बाराले ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।साभार:ईशीलालेखबाट