वीरगन्ज । सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साले आज एक बिशेष समारोहका बिच २३ औं स्थापना दिवस मनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बल पर्साका प्रमुख किसन कर्मचार्यले २३ औं स्थापना दिवसको शुभकामना मन्तव्य व्यक्त गर्दै सशस्त्र प्रहरीले गर्दै आएको बिभिन्न कामको बारेमा चर्चा गरेका थिए ।
उनले सिमा सुरक्षा, स्तम्भ मर्मत, भन्सार छलीका समान नियन्त्रणको काममा सशस्त्र प्रहरी पर्साले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको समेत बताए । सो अवसरमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा ठोरी गाँउपालिकामा बिओपि स्थापना गर्न सशस्त्र प्रहरीलाई पाँच कठा जग्गा दान गर्ने जग्गा दाता मिन बहादुर श्रेष्ठ स्वास्थ्य शिविर संचालनमा सहयोग गर्ने प्रभु अस्पतालका लक्ष्मी थापा,मनोज गुप्ता,प्रबन्धक दिलिप कार्की लगायत विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मानित समेत गरिएको थियो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल ,पुर्व अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा,महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का ,वीरगंज भन्सार कार्यालयका प्रशासक डिल्ली राम पन्थी,लगायत अतिथीहरुको उपस्थिती रहेको थियो ।