बीरगंज,बैशाख २४
बीरगंज महानगरपालिकाले १०० बेडको अस्थायी कोभिड अस्पताल र १०० बेडको आइसोलेशन वार्ड गोपाल मण्डलीमा निर्माण गरेको आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।वीरगञ्ज महानगरपालिकाले १ सय वेड क्षमताको अस्थायी कोभिड अस्पताल र १ सय वेड क्षमताको आइसोलेशन सेन्टरमा पहिलो बिरामीको रुपमा वीरगञ्ज माहनगरपालिकाका उप–प्रमुख शान्ति कार्की भर्ना हुनु भएको छ । वीरगञ्जमा कोभिड संक्रमितहरुको संख्या वढदो अवस्थामा रहेको र संक्रमित व्यक्तिहरुमा अक्सिजन दिनु पर्ने अवस्था देखिएकाले वीरगञ्जमा रहेका अस्पतालमा उपचार गर्ने ठाउँ समेत नभएको अवस्थामा महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले आफ्ना नागरिकको जिवन रक्षाका लागि कोभिड अस्पताल र आइसोलेशन सेन्टर संचालन गरेका हुन् ।जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साको मंगलवार सम्पन्न बैठकले महानगरपालिकामा अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर संचालन गर्ने निर्णय गरेको थियो ।