बीरगंज, बैशाख २४
पर्सा जिल्लाको छिपहरमाइ गाउँपालिकाका सम्पुर्ण नागरिकहरूका लागि गाउँपालिकाले जानकारीका लागि सूचना प्रकाशित गरेको छ। छिपहरमाइ गाउँपालिका सम्पूर्ण गाउँपालिकाका नागरिकहरुलाई जानकारी गराइन्छ की गाउँपालिका भित्र कोई कसैलाई ज्वरो, रुघखोकी,जिउ दुख्ने तथा कोरोना भाइरस संक्रमण सम्बन्धि लक्षण देखिएमा तुरुन्त अस्थाई कोभिड अस्पतालमा गई चेकजाँच गराउन गाउँपालिकाले अपील गरेको छ ।साथै लेब टेस्टका लागि निःशुल्क व्यवस्था गरिएको गाउँपालिकाले जनाएकाे छ।कोई व्यक्ति बिरामी भइ बाहिरबाट औषधि मंगाई खाइरहेकोले अहिले निषेधाज्ञाका कारण पाउन कठिनाई भएमा निम्न नम्बर मा सम्पर्क गरि आफ्नो औषधिकाे नाम टिपाउन गाउँपालिकाले आग्रह गरेको छ।9845260053, 9821818853 साथै नजिकको स्वस्थ्य चौकीमा पनि गई औषधिको नाम टीपाउन सकिन्छ।यदि स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त डाक्टर अरुण गिरिसँग निम्न नम्बरमा २४ सम्पर्क गरी उपचार गराउन अनुरोध गरेको छ।9817252807,9845100407