बीरगंज,बैशाख २४
कोरोनाको होम आइसोलेशन संचालनमा ब्यापक कमिशनको चक्करको समाचार बाहिरिएको छ । आज बीरगन्ज महानागरपालिकाले होम आइसोलेशन संचालनको लागि टेण्डर आब्हान गरेको थियो गत २१ गते संचालन गरिएको ३ दिने सूचना अनुसार आज टेण्डरको लागि निबेदन दर्ता गर्न गएकाहरुलाई दर्ता गर्नै नदिएर सेटिङ्गमा रहेका पार्टी प्यालेसको लागि मात्र टेण्डर दर्ता गर्न लगएको समाचार छ ।क्षमता नभएका पार्टी प्यालेसको मात्र टेण्डर दर्ता गर्नुु र क्षमता एवं अध्यधिक स्पेश भएको प्यालेसको टेण्डर दर्ता गर्न आनाकानी गर्नुले यस भित्र निकै ठूलो अनियमिताता र भष्टाचारको गन्धा रहेको बताइन्छ भने यी प्रकरण अख्तियारमा पर्ने भएको समाचार समेत प्रकाशमा आएको छ ।