

वीरगन्ज २४ असोज : बाराको प्रसौनी गाउँपालिका वडा नं ४ खुटवा जब्दी टोलमा आज महिनावारी स्वास्थ्य तथा सुत्केरी शयाहार मूलक जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । प्रसौनी गाउँपालिकाका नगर प्रमुख भोला प्रसाद गुप्ता र उप प्रमुख गिता साहले सँयुक्त रूपमा कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा आफ्नोे मन्तब्य राख्दै गाउँपालिका प्रमूख गुप्ताले यस कार्यक्रमबाट सुत्केरी महिलाहरुलाई स्वास्थ्य सम्बन्धी धेरै जानकारीहरु प्राप्त गर्ने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो । साथै वहाँले यस गाउँपालिकाले आउने दिनहरूमा महिलाहरुको लागि थुप्रै कार्यक्रमहरू ल्याउन गइरहेको कुरा समेत बताउनुभयो भएको छ । साथै यो कार्यक्रम गाउँपालिकाको हरेक वडामा सञ्चालन हुने जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख गिता साहले तालिममा सिकेका कुराहरू व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नु भएको थियो । सो कार्यक्रममा वडाका ३०० जना किशोरीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई नेशनल मेडिकल कलेजका प्रसुति रोग विशेषज्ञ डाक्टर प्रमिला गुप्ता लगायतको टीमले प्रशिक्षण दिएको थियो । कार्यक्रममा प्रसौनी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष सुरेश गुप्ता, वडाका सदस्यहरू, गाउँपालीकाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा नं ४ का वडा अध्यक्ष आनन्द कुमार गुप्ता सभापतित्वमा सम्पन्न भएको थियो ।