कृष्णा कुशवाहा
बीरगंज, बैशाख २४
सीमानाकाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बिओपी लगायत जनपत प्रहरीको मिलोमतमा पर्सा जिल्लाको बीरगञ्ज देखि ग्रामीण नाकाबाट व्यापकरूपमा गाई, भैसी,राँगा, डिजल,पेट्रोल लगायतका सामानहरू व्यापक रूपमा तस्करी भईरहेको छ। कोरोना भाइरस संक्रमणको कारण देशमा आक्रान्त बढेपछि नेपाल सरकारले लागू गरेको लकडाउनको खिली उडाउँदै सशस्त्र प्रहरी बिओपी र जनपद प्रहरी भिस्वा, सबैठवा, पकाहामैनपुर, धोरे, प्रसौनीभट्ठा,अमरपट्टी, अलौ, श्रिशीया, लगायतका नाकाहरुबाट सशस्त्र प्रहरी र जनपद प्रहरीकै संरक्षणमा डिजल, पेट्रोल, राँगा,भैसी, गाई लगाएतको तस्करी सुचारु भएको समाचार आएको छ । याे समयमा लकडाउनमा मजदुरि गरेर एक छाक खानेहरूकाे लागि अभिसाप बनेकाे छ भन्ने तस्कर र भ्रष्ट प्रहरीकाे लागि लकडाउन सुनमा सुगन्ध भएकाे छ । पर्साकाे अलाै नाका , श्रीसिया, भन्सार पछाडि , छपकैया छटियाघाट र ईनर्वा गाउँ नाकाबाट रातकाे सममयमा लाखाैकाे तस्करि भईरहेकाे छ। तस्करहरूले रातिकाे समयमा सिमामा रहेकाे शसस्त्र प्रहरी र नेपाल प्रहरीका युनिट ईन्चार्जहरूलाई माेटाे रकम दिएर लाईन खाेलेकाे नाम न खोल्ने शर्तमा एक स्थानियले बताएका छन । दिनभरि बिरगन्जमा लकडाउन भए पनि राति भन्ने तस्करकाे साम्राज्य चल्ने गरेकाे स्थानियकाे गुनासाे छ। तस्करहरूले रातिकाे समयमा रक्साैलबाट कपडा, हार्डवेयर , सटिडसुटिड पान पराग, माेटर्स पार्टसका समान साईकल तथा माेटरसाईकलमा ल्याउने गरेका छन। स्थानियहरुलाई काेराेनाका कारण सिमामा कडाई गरे पनि तस्करलाई भन्ने मुद्रा माेचनका कारण छुट दिईएकाे छ। यस्तै पर्साको पकाहामैनपुर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक र धोरे प्रहरी चौकीका अशईको मीलोमतमा दैनिक लाखौं बराबरको नेपालबाट डिजेल,पेट्रोल,र भारतबाट कपडा, हार्डवेयर , सटिडसुटिड पानपराग, माेटर्सपार्टसका समान साईकल तथा माेटरसाईकलमा ल्याउने गरेका छन्। प्रहरीको संरक्षणमा तस्करहरु तस्करीको समान सहित नेपाल भित्रिने गरेको हुनाले समयमै आवत जावत रोकिएन भने पर्सा जिल्ला भरी घरघरमा कोरोना भाइरस संक्रमित हुने तथ्याङ्कले देखाएको छ । यस्तो महामारीको समयमा पनि सशस्त्र प्रहरीको तल्लो देखि माथिलो प्रहरीहरुलाई लाखौं रुपयाँको नजराना बुझाइ तस्करहरुले नाकाहरुबाट नेपालबाट भारतर्फ डिजेल, पेट्रोल र भारतबाट नेपालतर्फ गाई , भैसी, राँगा, कपडा, हार्डवेयर , सटिडसुटिड पानपराग , माेटर्स पार्टसका समान लगायतका सामानहरूबाट लाखौं रुपयाँको राजस्व चुहावट भइरहेको छ।यस्ता गतिविधि तर्फ सम्बन्धि निकायको छिटो भन्दा छिटो ध्यान जान अति आवश्यक देखिएको छ।