किसन साह
सर्लाही । सर्लाहीको नवलपुर स्थित ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान प्रमोद महतो माथि छुरा प्रहार भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक मदन थापाले दिएको जानकारी अनुसार, शुक्रबार बिहान सवा ७ बाजेको समयमा छुरा प्रहार भएको हो ।
टाउको छाती र घाँटीमा चोट लागेर घाइते प्रहरी जवानको वयोधा हस्पिटल बिरगंजमा उपचार पश्चात् थप उपचारका लागि काठमाडौ रेफर गरिएको प्रहरीले जनाएको छ ।
पुर्व पश्चिम् राजमार्ग अन्तर्गत पश्चिम बाट पुर्व तर्फ ना १९ प २५५५ मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुदीन देमानले चेकिंगमा खटिएका प्रहरी जवानलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । छुरा प्रहार गर्ने यमामुदीन देमान पक्राउ परिसकेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी नियमित चेकजाचको क्रममा मोटरसाइकलमा आएका देमानलाई रोकेर चेकजाँच गर्ने क्रममा विवाद पछी ट्राफिक प्रहरी जवान महतो माथि आक्रमण गरेका थिए ।