बिरगंज । वीरगंजको आदर्श नगर खेल मैदानमा सम्पन्न भएको प्याब्सन नकाउट टि २० क्रिकेट प्रतियोगिताको उपाधी मनकामना माविले उचालेको छ । शनिवार फाईलन उपाधीको लागि सम्पन्न भएको खेलमा एमईएस स्कुललाई २४ रनले हराउँदै मनकामना मावि विजयी भएको हो ।
मनकमाना माविले दिएको १५३ रनको लक्ष्य पुरा गर्ने क्रममा एमईएस स्कुले १२९ रनमै सबै बिकेट गुमाएपछि मनकामनाले उपाधीमाथी कब्जा गरेको हो । १८.३ ओभरमा एमईएसले आफ्नो सबै विकेट गुमाएको थियो । खेलमा सबै भन्दा बढी रन बनाउँने मनकामना माविका सन्नी कुशवाहा म्यान अफ द म्याच घोषणा भएका थिए । उनले मनकामनालाई जिताउँन एकलै सार्वधिक ७२ रनको योगदान दिएका थिए ।
त्यसैगरी दोस्रो स्थान एमईएस स्कुल र तेस्रो स्थान साउथ जोन माविले प्राप्त गरेको छ । तेस्रो स्थानको लागि भएको खेलमा गौतम माविलाई हराउँदै साउथ जोनले तेस्रो स्थान पक्का गरेको थियो । खेलका विजेता टिमलाई वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अविन्दलाल कर्णले शिल्ड तथा ट्रफी प्रदान गरेका थिए । प्रतियोगिताको समापन सत्रमा वीरगंज महानगरपालिकाका उपप्रमुख इतियाज आलम,प्याब्सनका पर्साका अध्यक्ष पुरण प्रधान,बरिष्ठ उपाध्यक्ष सरोज चौधरी,त्यसैगरी प्याब्सन वीरगंज महानगर अध्यक्ष आलोक चौरसिया,शिव गुप्ता,राहुल श्रीवास्तव,अशोक संग्रौला लगायतका प्याब्सनका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो।
प्रकाशित मिति:
आइतबार, माघ २१, २०८० ०५:२६